सरकारी निकायका वेबसाइट ह्याक गर्ने झापाका दुई युवा पक्राउ
सारांश
- प्रहरीले सरकारी डाटा चोरी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेका व्यक्तिहरूले सीएमडी नेपाल र एनएफएन समूह बनाएर ह्याकिङको दाबी गरेका थिए।
- उनीहरूले नेपाल मेडिकल काउन्सिल र निर्वाचन आयोग जस्ता निकायको सर्भरमा पहुँच पुर्याएका थिए।
काठमाडौँ । नेपालका विभिन्न सरकारी तथा गैरसरकारी निकायका सूचना प्रणालीमा अनधिकृत पहुँच पुर्याई डाटा चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले झापाका २० वर्षीय सन्तोष चिमरिया र १९ वर्षीय विकास पौडेललाई नियन्त्रणमा लिएको हो।
उनीहरूले सीएमडी नेपाल र नेपाली फर नेपाल (एनएफएन) जस्ता समूह खडा गरी विभिन्न सामाजिक सञ्जालमार्फत वेबसाइट ह्याक र डाटा ब्रिचको दाबी गर्दै आएका थिए।
नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र निर्वाचन आयोग जस्ता संवेदनशील निकायका सर्भरमा अनधिकृत प्रवेश गरेको निवेदनका आधारमा ब्यूरोले प्राविधिक अनुसन्धान सुरु गरेको थियो। सोही क्रममा मङ्सिर २८ गते मेचीनगर–९ का चिमरिया र पुस १८ गते दमक–९ का पौडेललाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट ४ थान ल्यापटप, ११ थान मोबाइल, हार्ड ड्राइभ र रिपिटर लगायतका उपकरण बरामद गरिएको छ। पक्राउ परेका दुवैमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण