नेपाल शैक्षिक परामर्श संघको अध्यक्षमा गीताञ्जली शर्माको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को अध्यक्ष पदका लागि गीताञ्जली शर्माले उम्मेदवारी घोषणा गरेकी छन् । हाल उपाध्यक्ष रहेकी शर्माले शैक्षिक परामर्श क्षेत्रमा आफ्नो २२ वर्षे अनुभव र संस्थागत योगदानलाई आधार बनाउँदै नेतृत्वका लागि दाबी गरेकी हुन् ।
इक्यानको २८औं साधारसभा तथा २०औं अधिवेशन यही पुस २८ गते काठमाडौंमा हुँदैछ । रातोपाटीसँग कुरा गर्दै शर्माले शैक्षिक परामर्श व्यवसायमा रहेका विकृति अन्त्य र संस्थागत एकतामा जोड दिन आफूले उम्मेदवारी दिन लागेको घोषणा गरिन् ।
उनले इक्यान कास्कीमा तीन कार्यकाल कोषाध्यक्ष र केन्द्रमा एक कार्यकाल उपाध्यक्षको जिम्मेवारी निर्वाह गरिसकेकी छन् । ‘आफूलाई दिएको जिम्मेवारीअन्तर्गत फेयर डिपार्टमेन्ट र महिला सशक्तीकरणको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेँ । कोषमा भ्याट कटाएर २० लाख रुपैयाँ जम्मा गर्न सफल भएँ भने शाखाहरुलाई सबल बनाउन सशक्त भूमिका खेलेँ,’ उनले भनिन्, ’२२ वर्षे पेसागत अनुभव र संस्थागत योगदान नेतृत्वका लागि मेरो आधार हो ।‘
शर्माले पछिल्लो समय राज्यले कन्सल्टेन्सी व्यवसायीलाई हेर्ने दृष्टिकोण सकारात्मक नभएको भन्दै अबको नेतृत्वले राज्यसँग दरिलो ढंगले लबिङ गर्नुपर्ने औंल्याइन् । करका विषय र व्यवसायीलाई 'ब्रोकर' को रूपमा हेर्ने सरकारी नजरिया बदल्नुपर्ने उनको तर्क छ ।
‘राज्यले शिक्षासँग सम्बन्धित विभागले हामीसँग कुरा गर्न नखोजिरहेको र ऐनहरू नबनिरहेको अवस्थामा हामी पीडित छौं,’ उनले भनिन्, ‘अब राज्यसँग कुरा गर्नुपर्ने बेला भएको छ । देशले महिला नेतृत्व स्वीकारिसकेको अवस्थामा ईक्यानमा पनि महिला नेतृत्व आउँदा राज्यले हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन सक्छ ।‘
साथै उनले व्यवसायमा देखिएका विकृति, जस्तै- दर्ता नगरी सञ्चालन गर्ने र झोलामा कम्पनी बोकेर हिँड्ने प्रवृत्तिको अन्त्य गर्न नियमन आवश्यक रहेको बताइन् । चुनावी माहोलमा प्यानल बनाएर संस्था फुटाउनु भन्दा सबैलाई समेटेर जुटाउने नेतृत्व आवश्यक रहेको र त्यसमा आफूले उच्चतम् प्रयास गर्ने बताइन् ।
देशभरबाट करिब ७२० सदस्य रहेको ईक्यानमा यस पटक ६८३ जनाले मतदान गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण