घरको छत खस्दा पाकिस्तानमा ६ जनाको मृत्यु
आइतबार, २० पुस २०८२, १८ : २६
काठमाडाैँ । पाकिस्तानको उत्तरी पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा (केपी) शनिबार बिहान घरको छत खस्दा ६ जना व्यक्तिको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । अधिकांश मृत्यु भएका व्यक्ति बच्चा हुन् ।
राज्य सञ्चालित रेस्क्यु ११२२ का अनुसार, यो घटना चर्सड्डा जिल्लाको शाबकदार क्षेत्रमा बिहान करिब ४ बजे घटेको थियो । छत खस्दा त्यहाँका महिला र बच्चाहरू फसिएका थिए ।
रेस्क्यु ११२२ केपीका प्रवक्ता बिलाल अहमद फाइजीले सिन्हुआलाई जानकारी दिँदै भने,“घर माटोबाट बनाइएको थियो र वर्षाका कारण कमजोर भएको थियो ।”
घाइतेलाई प्राथमिक उपचार दिइएको र नजिकैको अस्पतालमा सारिएको छ ।
मृतकमा दुई देखि १४ वर्षका बच्चाहरू र २५ वर्षीया महिला रहेका छन् भने घाइतेमा पनि महिला र बालबालिका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीको प्रश्न : चुच्चे नक्सा छाप्ने र देश बनाउने एमाले कसरी अलोकप्रिय हुन्छ ?
-
सरकारले गर्यो सयदिने उपलब्धि सार्वजनिक
-
एमालेका नीतिमा कुनै खोट छैन, कार्यकर्ताले आत्मग्लानि गर्नु पर्दैन : ओली
-
स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
-
१०० बुँदे शासकीय सुधार कार्यान्वयनमा सरकार असफल, संसदमा सशक्त रूपमा उठाउने कांग्रेसको निर्णय
-
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण