सर्लाहीमा ६० केजी गाँजासहित भाग्दै गरेका व्यक्ति पक्राउ
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १ जङ्गल टोल भित्री सडक खण्डमा प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं १ नवलपुरका ३२ वर्षीय नुरहसन साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको चेकिङ प्रहरी टोलीले आज बिहान करिब ५ बजेको समयमा डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको बीआर ०२ पीबी २२२६ नम्बरको खरानी रङ्गको मराजो एम २ कार र बागमती प्रदेश ०६–०२ प १७७० नम्बरको रातो–कालो रङ्गको १२५ सीसीको टीभीएस राइडर मोटरसाइकललाई रोक्न खोजेको थियो । तर, दुवै सवारीसाधन प्रहरीलाई छल्दै तीव्र गतिमा भागेका थिए ।
सोही क्रममा प्रहरीले मोटरसाइकल चालक नुरहसन साहलाई नियन्त्रणमा लिन सफल भएको थियो । प्रारम्भिक सोधपुछका क्रममा साहले भारतीय नम्बरको कारमा प्रतिबन्धित लागुऔषध गाँजा रहेको बताएका थिए । उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट तत्कालै अर्को प्रहरी टोली खटिई भाग्दै गरेको कारको पिछा गरेको थियो ।
प्रहरीले पिछा गर्ने क्रममा उक्त कार लालबन्दी नगरपालिका–१ जंगल टोलस्थित लालबाबु महतोको घरमा ठोक्किएर चालक फरार भएका थिए ।
प्रहरीले दुर्घटनाग्रस्त कारको सिट पछाडि लुकाइछिपाइ राखेको अवस्थामा प्लाष्टिकले बेरिएको १५ पोका प्रतिबन्धित लागुऔषध गाँजा फेला पारेको जनाएको छ । बरामद गरिएको गाँजाको कुल तौल ६० केजी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको भनाइ छ ।
प्रहरीले गाँजा, दुर्घटनाग्रस्त कार, मोटरसाइकल र मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ । साहलाई जिल्ला अदालत सर्लाहीबाट लागुऔषध मुद्दामा ८ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण