स्रोत नखुलेको १० लाखभन्दा बढी रकमसहित पर्साबाट तीन जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।
प्रहरीको विशेष टोलीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा उनीहरूलाई पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बाट पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार पक्राउ पर्नेहरूमा पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ४ का पवनकुमार साह, मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन् । प्रहरीले जाँचका क्रममा उनीहरूको साथबाट स्रोत नखुलेको १० लाख २ हजार १० रुपैयाँ बरामद गरेको जनाएको छ ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीहरूको साथबाट ना१६ प ३०२० नम्बरको मोटरसाइकलसमेत बरामद भएको छ ।
पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केनको गोलसँगै इंग्ल्याण्ड खेलमा फर्कियो
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण