मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा मन्त्री पुन चिन्तित
जनकपुरधाम । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री डा. महावीर पुनले मधेस प्रदेश शिक्षाको क्षेत्रमा पछि परेकामा चिन्ता व्यक्त गरेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना तथा मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आयतबार आयोजित साक्षरता प्रदेश घोषणा अभियान तयारी सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पुनले मधेस प्रदेश विगतमा शिक्षाको क्षेत्रमा अगाडि भए पनि वर्तमान अवस्थामा कमजोर हुनु दुःखको विषय भएको उल्लेख गरे ।
मधेस प्रदेश आर्थिक, सामाजिक तथा राजनीतिक क्षेत्रमा अगाडि भए पनि शिक्षाको क्षेत्रमा कसरी तथा किन पछि परेको हो त्यो अध्ययनको विषय भएको उल्लेख गर्दै मन्त्री पुनले शिक्षा क्षेत्रको दिगो तथा प्रभावकारी विकासका लागि तीनै तहका सरकारले योजनाबद्ध तरिकाले कार्य गर्नुपर्नेमा जोड दिए।
“अहिले प्रविधिको जमाना छ, साक्षर पनि नहुनु ठूलो विडम्वनाको विषय भएको छ”, मन्त्री पुनले भने । सो अवसरमा मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेस प्रदेशको शिक्षाको अवस्था सवै प्रदेशभन्दा कमजोर भएको उल्लेख गर्दै प्रदेश सरकार शिक्षा क्षेत्रको विकासका लागि योजनावद्धरुपमा अगाडि बढेको बताए ।
शिक्षा क्षेत्रको दीगो विकासका लागि सरकारी तथा गैरसकारी क्षेत्र हातोमालो गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण