भेनेजुएलामा तत्काल चुनाव गर्नु ‘अपरिपक्वता’ हुने: विदेशमन्त्री रुबियो
सेनाद्वारा रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको मान्यता
सारांश
- अमेरिकी विदेशमन्त्री रुबियोले भेनेजुएलामा चुनाव तत्काल गर्नु हतार हुने विचार व्यक्त गरिन्।
- रुबियोले मदुरोका समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् र उनलाई हटाएपछि उत्पन्न परिस्थितिबारे चर्चा गरिन्।
- भेनेजुएलाको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यबाहक राष्ट्रपतिको मान्यता दिएको छ।
अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइतबार निकोलस मदुरोलाई पदच्युत गरी अनुसन्धानको दायरामा ल्याइएको बताएका छन् । उनले अहिले भेनेजुएलामा सरकारविशीन अवस्था रहेको तर यही अवस्थामा भेनेजुएलामा चुनाव गर्ने छलफल ‘अपरिपक्व’ धारणा हुने बताएका छन् ।
शनिबार अमेरिकी सेनाले मदुरोलाई पक्राउ गरेपछि भेनेजुयलामा के छिट्टै निर्वाचन हुनेछ भन्ने सवालको जवाफमा रुबियोले एनबिसीको ‘मिट द प्रेस’ मा भने, “मलाई लाग्छ, यी सबै कुरा अहिले नै गर्नु ‘अपरिपक्व’ हुन्छ ।
उनले भने, “अहिले हामीले मदुरो हुँदाका सबै समस्यामा ध्यान केन्द्रित गरिरहेका छौँ । हामीसँग अझै पनि ती समस्याहरू छन् र तिनीहरूलाई सम्बोधन गर्न आवश्यक छ । हामी मानिसहरूलाई ती चुनौती र समस्यालाई सम्बोधन गर्ने अवसर दिइरहेका छौँ ।”
यसैबिच काराकसबाट प्राप्त एक समाचारअनुसार भेनेजुएलाको सेनाले उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको रूपमा मान्यता दिएको छ।
अमेरिकाले भेनेजुएलामा आक्रमण गरी शनिबार राष्ट्रपति मदुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिई न्यूयोुर्कमा अनुसन्धानका लागि लगेपछि खाली रहेको पदमा रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिका रूपमा मान्यता दिने बताएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण