२०२५ मा इजिप्टमा १ करोड ९० लाख पर्यटक भित्रिए
सारांश
- इजिप्टले सन् २०२५ मा १ करोड ९० लाख पर्यटक भित्र्याएको तथ्याङ्क सार्वजनिक भयो।
- यो संख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो, मन्त्रीले जानकारी दिए ।
- सुरक्षा, विकास रणनीति र सेवा सुधारले पर्यटकको संख्या बढाउन मद्दत गर्यो।
कायरो । इजिप्टले सन् २०२५ मा झण्डै १ करोड ९० लाख विदेशी पर्यटक भित्र्याउँदै पर्यटन क्षेत्रमा नयाँ रेकर्ड कायम गरेको छ । यो संख्या अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको हो ।
पर्यटन तथा पुरातत्त्व मन्त्री सरिफ फाथीका अनुसार मुलुकमा सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति, पर्यटन उत्पादनको विविधीकरण तथा सेवाको गुणस्तर सुधारका कारण पर्यटक आगमन उल्लेख्य रूपमा बढेको हो ।
उनले कायरो, हुरघाडा, शर्म अल–शेख र मार्सा आलम इजिप्टका सबैभन्दा व्यस्त विमानस्थलहरू रहेको जानकारी दिँदै यसले देशभर पर्यटन आकर्षणको भौगोलिक विस्तार झल्काएको बताए । सन् २०२५ मा विश्वका १९३ सहरहरूबाट इजिप्टमा प्रत्यक्ष पर्यटक उडान सञ्चालन भएको पनि उनले बताए ।
यस अवधिमा चार्टर उडान ट्राफिक ३२ प्रतिशतले वृद्धि भएको छ । विशेषगरी न्यू अलामेन सिटी चार्टर उडानमार्फत पर्यटक आगमनमा ४५० प्रतिशतको उल्लेखनीय वृद्धि देखिँदै तीव्र गतिमा उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ ।
पर्यटन इजिप्टका लागि रेमिट्यान्स, सुएज नहरको आम्दानी र निर्यातसँगै वैदेशिक मुद्राको प्रमुख स्रोत रहँदै आएको छ । सन् २०२४ मा इजिप्टले १ करोड ५७ लाख पर्यटकबाट १५.३ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण