सर्लाहीमा ६० केजी गाँजासहित भाग्दै गरेका व्यक्ति पक्राउ
सारांश
- सर्लाहीमा प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ, जसमा भारतीय नम्बर प्लेटको कार पनि बरामद गरिएको छ।
- प्रहरीलाई छलेर भागेका मोटरसाइकल चालक पक्राउ परे, र उनले कारमा गाँजा रहेको स्वीकारे।
- प्रहरीले ६० किलो गाँजा फेला पारेको छ, र घटनामा संलग्न व्यक्ति र सवारीसाधनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं १ जङ्गल टोल भित्री सडक खण्डमा प्रहरीले ठुलो मात्रामा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
घटनामा संलग्न एउटा भारतीय नम्बरको कार र एउटा मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नं १ नवलपुरका ३२ वर्षीय नुरहसन साह रहेका छन् ।
इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको चेकिङ प्रहरी टोलीले आज बिहान करिब ५ बजेको समयमा डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको बीआर ०२ पीबी २२२६ नम्बरको खरानी रङ्गको मराजो एम २ कार र बागमती प्रदेश ०६–०२ प १७७० नम्बरको रातो–कालो रङ्गको १२५ सीसीको टीभीएस राइडर मोटरसाइकललाई रोक्न खोजेको थियो । तर, दुवै सवारीसाधन प्रहरीलाई छल्दै तीव्र गतिमा भागेका थिए ।
सोही क्रममा प्रहरीले मोटरसाइकल चालक नुरहसन साहलाई नियन्त्रणमा लिन सफल भएको थियो । प्रारम्भिक सोधपुछका क्रममा साहले भारतीय नम्बरको कारमा प्रतिबन्धित लागुऔषध गाँजा रहेको बताएका थिए । उक्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लालबन्दीबाट तत्कालै अर्को प्रहरी टोली खटिई भाग्दै गरेको कारको पिछा गरेको थियो ।
प्रहरीले पिछा गर्ने क्रममा उक्त कार लालबन्दी नगरपालिका–१ जंगल टोलस्थित लालबाबु महतोको घरमा ठोक्किएर चालक फरार भएका थिए । प्रहरीले दुर्घटनाग्रस्त कारको सिट पछाडि लुकाइछिपाइ राखेको अवस्थामा प्लाष्टिकले बेरिएको १५ पोका प्रतिबन्धित लागुऔषध गाँजा फेला पारेको जनाएको छ । बरामद गरिएको गाँजाको कुल तौल ६० केजी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीको भनाइ छ ।
प्रहरीले गाँजा, दुर्घटनाग्रस्त कार, मोटरसाइकल र मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको छ । साहलाई जिल्ला अदालत सर्लाहीबाट लागुऔषध मुद्दामा ८ दिनको म्याद थप भई इलाका प्रहरी कार्यालय लालबन्दी सर्लाहीबाट विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण