दुर्घटनापछि साढे ४ किलो गाँजा बरामद, फरार चालक पक्राउ
सारांश
- सर्लाहीको कौडेना गाउँपालिकामा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
- दुर्घटनाग्रस्त मोटरसाइकलबाट प्रहरीले ४ किलो ७१० ग्राम गाँजा बरामद गरेको छ।
- प्रहरीले लागूऔषध ओसारपसारको आरोपमा एक जनालाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।
सर्लाही । सर्लाहीको कौडेना गाउँपालिका–३ स्थित पर्सा पोखरी नजिक हुलाकी सडकखण्डमा सोमबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको छ। दुर्घटनामा संलग्न एक मोटरसाइकलबाट ठूलो परिमाणमा गाँजा बरामद भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।
बीआर ३० एफ १४६९ र बीआर ०६ सिएन ७४४२ नम्बरका मोटरसाइकल एकापसमा ठोक्किएका थिए। दुर्घटनामा बीआर ३० एफ १४६९ नम्बरको मोटरसाइकल चालक मलंगवा नगरपालिका–७ का ३८ वर्षीय हरदास यादव र उनका ७० वर्षीय बुवा अमिन्द्र राय यादव घाइते भएका छन्। उनीहरूको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ।
अर्कोतर्फ, बीआर ०६ सिएन ७४४२ नम्बरको मोटरसाइकल चालक दुर्घटनालगत्तै फरार भएका थिए। प्रहरीले घटनास्थलमा छाडिएको उक्त मोटरसाइकलको सिटमुनी लुकाएर राखिएको ४ किलो ७१० ग्राम गाँजा बरामद गरेको छ।
दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक कौडेना गाउँपालिका–१ का रवीन्द्र गिरीलाई प्रहरीले मलंगवा नगरपालिका–१० बाट पैदल हिँडिरहेको अवस्थामा पक्राउ गरेको छ। लागूऔषध ओसारपसार र सवारी दुर्घटनाका विषयमा पक्राउ परेका गिरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण