प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूतको बिदाइ भेट
सोमबार, २१ पुस २०८२, १६ : २२
सारांश
- अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरे।
- भेटमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भयो।
- प्रधानमन्त्री कार्कीले राजदूत थम्प्सनको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा सम्बन्ध सुदृढ हुने विश्वास व्यक्त गरे।
काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले प्रधानमन्त्री सुशीला कार्कीसंग बिदाइ भेट गरेका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बिदाइ भेटका क्रममा नेपाल र अमेरिकाबिच रही आएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा नेपाल–अमेरिका सम्बन्धलाई सुदृढ बनाउन राजदूत थम्प्सनले निर्वाह गरेको भूमिकाप्रति धन्यवाद व्यक्त गरेका थिए । सो क्रममा राजदूत थम्प्सनले आगामी दिनमा दुई देशबिचको सम्बन्ध थप प्रगाढ हुने र अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग जारी रहने विश्वास व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण