महामन्त्रीहरूको गतिविधि नेविसंघको झगडाजस्तो भयो : सहमहामन्त्री राठौर
सारांश
- कांग्रेस सहमहामन्त्री राठौरले महामन्त्री थापा र शर्माको गतिविधि नेविसंघको झगडासँग तुलना गरे।
- उनले महामन्त्रीहरूको कार्यशैलीले पार्टीको मर्यादामा आँच पुगेको र विशेष महाधिवेशनको औचित्य नभएको बताए।
- राठौरले पार्टी सभापति देउवाको निर्देशन पालना नभएको र विशेष महाधिवेशनको माग गलत भएको जिकिर गरे।
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधिलाई विद्यार्थी संगठन नेविसंघका पदाधिकारीबीचको झगडासँग तुलना गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसजस्तो ऐतिहासिक र जिम्मेवार पार्टीको गरिमा जोगाउने मुख्य दायित्व महामन्त्रीहरूकै भएको टिप्पणी गरे।
पार्टीभित्र अहिले विशेष महाधिवेशनको कुनै औचित्य नरहेको जिकिर गर्दै राठौरले महामन्त्रीहरूको कार्यशैलीले पार्टीको मर्यादामा आँच पुगेको बताए। उनले पार्टी फुट्ने सम्भावनालाई पूर्ण रूपमा नकार्दै पार्टी फुटाउँदा कसैलाई फाइदा नहुने र त्यसले बाह्य शक्ति एवं अन्य दललाई मात्र बल पुग्ने दाबी गरे। कांग्रेसमा गिरिजाप्रसाद कोइरालाको समयदेखि नै कार्यकाल एकदेखि डेढ वर्ष थप गर्ने परम्परा रहेको भन्दै उनले चार वर्षे कार्यकाल नसकिँदै विशेष महाधिवेशनको 'फन्डा' ल्याउनु गलत भएको बताए।
सहमहामन्त्री राठौरले विशेष महाधिवेशन केन्द्रीय समितिले नभई महामन्त्रीहरूले व्यक्तिगत रूपमा अघि सारेको भन्दै महाधिवेशन प्रतिनिधिहरूलाई त्यसमा सहभागी नहुन आग्रह गरिसकिएको जानकारी दिए। पार्टी सभापति शेरबहादुर देउवाले गत मंसिरमै नियमित महाधिवेशन गर्न निर्देशन दिएको भए पनि कार्यवाहक सभापति र महामन्त्रीहरूकै कमजोरीका कारण प्रक्रिया अघि बढ्न नसकेको उनको आरोप छ। अहिलेको परिस्थितिमा विशेष महाधिवेशनको माग गर्नुभन्दा पार्टीलाई एकताबद्ध बनाएर लैजानु नै नेतृत्वको बुद्धिमानी हुने उनले स्पष्ट पारे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण