महालक्ष्मी विकास बैंकले नगद लाभांश र बोनस सेयर दिने
काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको २४औँ वार्षिक साधारण सभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भएको सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १०.३७ प्रतिशत लाभांश पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ । बैंकले अघिल्लो वर्ष ७ प्रतिशत लाभांश वितरण गरेको थियो । साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा अन्य वित्तीय विवरणहरू समेत सर्वसम्मतिले स्वीकृत गरेको छ ।
बैंकको वित्तीय परिसूचकहरूमा यस वर्ष उल्लेख्य सुधार देखिएको छ । अघिल्लो वर्ष ९.३९ प्रतिशत रहेको आधार दर घटेर ६.९४ प्रतिशतमा झरेको छ भने पुँजीकोष पर्याप्तता अनुपात १४.९३ बाट बढेर १७.०६ प्रतिशत पुगेको छ । आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा बैंकको निक्षेप ५६/२२ अर्ब र कर्जा लगानी ४७/२१ अर्ब रुपैयाँ रहेको जानकारी दिइएको छ ।
साधारण सभाले आगामी ४ वर्षका लागि नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ । संस्थापक समूहबाट राजेश उपाध्याय, सञ्जय गिरि र सागर मल्ल निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल सञ्चालक बनेका छन् ।
नवनिर्वाचित समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्ष पदमा चयन गरेको छ । अध्यक्ष उपाध्यायले सेयरधनीहरूको सुझावलाई आत्मसात गर्दै आगामी दिनमा अझ गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण