मंसिर यता ५२ वटा लागुऔषधका मुद्दा
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा मंसिरदेखि पुस २० गतेसम्म लागुऔषधका ५२ वटा मुद्दा दर्ता भएका छन् ।
ती मुद्दामा ८१ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ७८ जना पुरुष र तीन जना महिला रहेका छन् । उनीहरुको साथबाट ३१ किलोग्राम गाँजा, २२० ग्राम खैरो हिरोइन, नौ ग्राम चरेस, पाँच हजार १२८ एम्पुल ट्रामाडोल, १३१ एम्पुल डाइजेपाम, १३१ एम्पुल फेनरागन र १३१ एम्पुल नुर्फिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।
यसैबिच आज बिहान १२४ किलो गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जिल्लाको राप्ती नगरपालिका–११ बस्ने ३३ वर्षीय वीरबहादुर तामाङ र ३१ वर्षीय हीरालाल तामाङ रहेका छन् ।
दुवै जनालाई लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरी थप अनुसन्धान गरिएको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण