‘रमिताको पिरती’को ‘जुनी भर’मा आना फकाउँदै विनय
सारांश
- चलचित्र 'रमिताको पिरती' माघ २३ गतेबाट प्रदर्शनमा आउने भएको छ।
- फिल्मको नयाँ गीत 'जुनी भर' सार्वजनिक भएको छ, जसमा आना शर्मा र विनय श्रेष्ठको अभिनय रहेको छ।
- सुदिप्ताको लेखन तथा निर्देशन र सागर लम्सालको लगानीमा यो फिल्म तयार भएको हो।
काठमाडौँ । ‘रमिताको पिरती’ माघको २३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हो । फिल्मको रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्मको नयाँ गीत ‘जुनी भर’ सार्वजनिक गरेको छ ।
गीतमा महेश काफ्लेको शब्द, सङ्गीत र स्वर छ । स्वरमा उनलाई अस्मिता अधिकारीले साथ दिएकी छिन् । रोमान्टिक शैलीको यो गीतमा फिल्मका मुख्य २ कलाकारहरू आना शर्मा र विनय श्रेष्ठलाई हेर्न सकिन्छ । भिडियोमा विनयले आनालाई फकाउँदै गरेको र आना उनले भनेको नमानेको दृश्यलाई देखाइएको छ । यसले, विनय र आनाको प्रेमको सुरुवातको रूपमा यो गीत तयार भएको बुझ्न सकिन्छ ।
फिल्ममा आना र विनयको अलावा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्ले लगायतका कलाकारहरूको पनि अभिनय छ । फिल्ममा सुशान्त केसी, समीर श्रेष्ठ, महेश काफ्ले, अस्मिता अधिकारी, कुशल पोखरेलको सङ्गीत दिएका छन् ।
सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको फिल्ममा सागर लम्सालको लगानी छ । आरपी प्रोडक्सन, गणेश पाण्डे, सुवास कोइराला र प्रवेश लामिछाने फिल्मका एसोसियट निर्माता हुन् । आना शर्मा र सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा सुनिल सिवाकोटीको सम्पादन छ ।
फिल्मले एक युवतीको प्रेम भावनालाई सूक्ष्म रूपमा फिल्ममा देखाएको निर्माण पक्षको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण