म प्रतिको विश्वासका कारण फिल्म पाइरहेको छु : सौगात मल्ल
सारांश
- अभिनेता सौगात मल्लले आफ्नो कामको प्रशंसा गर्दै निर्माता निर्देशकको रोजाइमा परेको बताए।
- फिल्म 'भाईल गोर्खे' ले गोरखा जिल्लाको कथालाई चित्रण गर्ने र शिव श्रेष्ठको नक्कल गर्ने कुरा उल्लेख गरे।
- अभिनेत्री सृष्टि श्रेष्ठले फिल्ममा टिकटक प्रयोगकर्ताको भूमिका निर्वाह गर्ने र फरक पात्र प्रस्तुत गर्ने बताइन्।
काठमाडौँ । अभिनेता सौगात मल्लले आफ्नो काम राम्रो भएकोले आफू निर्माता निर्देशकको रोजाइमा परेको बताए । फिल्म चल्नु नचल्नु आफ्नो हातमा नभएको बताउने उनको फिल्म नचले पनि आफू प्रतिको विश्वासका कारण लगातार काम पाइरहेको भनाई थियो ।
सोमवार आयोजित फिल्म ‘भाईल गोर्खे’को पत्रकार सम्मेलनमा उनले फिल्मले एउटा सामान्य गोठालोको कथा उठाएको बताए । फिल्ममा गोरखा जिल्लालाई प्रवर्द्धन गर्ने खालको विषयवस्तुहरु पनि राखिएको बताए । उनले फिल्ममा आफूलाई फरक पाउने धारणा राख्दै आफ्नो भूमिका अभिनेता शिव श्रेष्ठको नक्कल समेत रहेको सुनाए ।
कार्यक्रममा अभिनेत्री सृष्टि श्रेष्ठले कमेडी गर्न मन लागिरहेको बेला सुहाउँदो फिल्मको कुरा आएको हुनाले अभिनय गरेको बताइन् । फिल्मले टिकटकको विषय उठाएको जानकारी दिँदै उनले भनिन्, ‘फिल्ममा म टिकटकरको रूपमा देखिएको छु । दर्शकले फिल्मको पात्र आफ्नो वास्तविक पात्रभन्दा उल्टो देख्न पाउनुहुन्छ ।’
‘म वास्तविक जीवनमा टिकटक खासै चलाउँदिन । तर फिल्ममा भने म टिकटक स्टार नै छु । अलिक फरक भूमिकामा छु,’ उनले थपिन् ।
फिल्मको निर्देशन निगम श्रेष्ठले गरेका हुन् । सामाजिक सञ्जालमा भाइरल बन्न उद्यत एक साधारण पात्रको कथा रहेको बताइएको फिल्ममा सौगात र सृष्टिकै मुख्य भूमिका छ ।
आगामी माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्म एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा बनेको हो । फिल्ममा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, रवि भुजेल र मिस पविको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण