कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक सर्यो
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक दिउँसो १ बजेका लागि सारिएको छ।
- बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउनेबारे छलफल हुनेछ।
- सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग छलफल भइरहेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक सरेको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउसो १ बजेको लागि सरेको हो ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचनका लागि आफ्ना उम्मेदवारहरू टुङ्गो लगाउनेबारे छलफल हुने बताइएको छ ।
बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे निर्णय गर्नेछ । पार्टी प्रवक्ता डा प्रकाशशरण महतले निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल भइरहेको बताएका छन्।
राष्ट्रिय सभामा सबैभन्दा बढी मतभार रहेको कांग्रेसले आफ्नो हैसियत अनुसारको प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको हो।
आज बैठकमा कुन दलसँग कति सिटमा तालमेल गर्ने र कांग्रेसका तर्फबाट को–को उम्मेदवार बन्ने भन्ने विषयमा औपचारिक निर्णय हुनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण