एक महिनामा गोलभेडाको मूल्य ६४ ले प्रतिशत बढ्यो
मङ्गलबार, २२ पुस २०८२, ११ : १९
सारांश
- एक महिनामा गोलभेडाको मूल्य ६४ प्रतिशतले वृद्धि भएको छ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्यवृद्धिको विवरण सार्वजनिक गरेको छ।
- लोकल र तराई सानो गोलभेडाको मूल्य पनि बढेको छ।
काठमाडौँ । एक महिनामा गोलभेडाको मूल्य ६४ प्रतिशतले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार एक महिनाअघि (मंसिर २२ गते) प्रतिकिलो ६५ रुपैयाँ औसत मूल्य पर्ने भारतीय सानो गोलभेडा, आज (पुस २२ गते) १०६.६७ रुपैयाँ औसत मूल्य कायम भएको छ ।
यो ६४.११ प्रतिशतको वृद्धि हो । यस्तै लोकल सानो गोलभेडा ६१.१२ प्रतिशतले बढेको छ । यो गोलभेडा एक महिना अघि प्रतिकिलो ६० रुपैयाँ औसत मूल्य रहेकोमा आज ९६.६७ रुपैयाँ कायम भएको छ ।
यस्तै तराई सानो गोलभेडाको मूल्य ३८ प्रतिशतले बढेको छ ।
_qdmADrmcc5.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण