वीरगन्ज महानगरपालिकामा पुनः बढाइयो कर्फ्यु
सारांश
- वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा कर्फ्यु आदेश थप गरिएको छ।
- जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षाका कारण कर्फ्युको अवधि बढाएको छ।
- कर्फ्यु अवधिभर आवतजावत, भेला, जुलुस, प्रदर्शन लगायतका गतिविधिमा रोक लगाइएको छ।
वीरगन्ज । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कर्फ्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कर्फ्यु अवधि बढाएको छ ।
मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका ६ बजेसम्म कर्फ्यु रहने जानकारी गराएको छ । आज दिउँसो १ बजेसम्मका लागि लागु गरिएको कर्फ्यु अवधि बेलुका ६ बजेसम्म निरन्तरता दिइएको सीडीओ भोला दाहालले बताए ।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्न कर्फ्यु अवधि थपिएको हो । यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको थियो ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि किसिमका गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन जिल्ला प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कर्फ्यु आदेश उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कदम चालिने स्पष्ट गरिएको छ ।
आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उतरमा गण्डक चोकसम्म कर्फ्यु लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण