‘टाइगर कप २०८२’ माघ ९ गतेदेखि, टिकटिङ पार्ट्नरमा ‘खल्ती’
काठमाडौं । नेपालको प्रतिष्ठित भलिबल प्रतियोगिता ‘द टाइगर कप’को छैठौं संस्करण आगामी माघ ९ गतेदेखि सुरु हुने भएको छ। पोखरा रङशालामा माघ १७ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको टिकटिङ पार्ट्नरका रूपमा डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ आबद्ध भएको छ।
‘टाइगर ग्रुप अफ पोखरा’ले आयोजना गर्दै आएको यस वर्षको टाइगर कपमा ७ पुरुष र ७ महिला गरी कुल १४ टोली सहभागी हुनेछन्। सहभागी टोलीमध्ये ४ वटा अन्तर्राष्ट्रिय टोली रहेका छन्।
आयोजकका अनुसार प्रतियोगिताको टिकट मूल्य ३०० देखि ५०० रुपैयाँसम्म तोकिएको छ। दर्शकहरूले हरेक खेलको टिकट खल्ती एपमार्फत सहज रूपमा खरिद गर्न सक्नेछन्। डिजिटल टिकटिङमार्फत दर्शकले प्रत्यक्ष खेल र खेलाडीको उत्साह नजिकबाट अनुभव गर्न पाउने आयोजकको विश्वास छ।
राष्ट्रिय स्तरमै सबैभन्दा ठूलो भलिबल प्रतियोगिताका रूपमा स्थापित टाइगर कपले अघिल्ला संस्करणदेखि नै देशभरका दर्शक र भलिबल प्रशंसकहरूको व्यापक ध्यान आकर्षित गर्दै आएको छ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले टाइगर कपसँगको साझेदारीलाई खेलकुद प्रेमीहरूका लागि उत्साहजनक अवसर भएको बताए। उनले डिजिटल टिकटिङमार्फत दर्शकको अनुभव अझ सहज र उत्कृष्ट बनाउने उद्देश्य रहेको उल्लेख गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण