प्रचण्डको भारत भ्रमण देशकै हितमा छ : अग्नि सापकोटा
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले पूर्वप्रधानमन्त्री तथा संयोजक पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण देशको हितमा रहेको जिकिर गरेका छन् ।
मंगलबार केन्द्रीय कार्यालय पेरिसडाँडामा एकतामा जोडिएका दलहरूको परामर्श बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गदै उनले प्रचण्डको भ्रमणलाई लिएर अन्यथा लिन नहुने जिकिर गरे । प्रवासको पार्टी एकता सन्देश सभामा भाग लिन भारत गएको जिकिर गर्दै उनले त्यसको सिलसिलामा मुख्य व्यक्तिसँग भेट हुनु सकारात्मक भएको प्रतिक्रिया दिए ।
‘पार्टीको प्रवास समितिको एकता सन्देश सभामा भाग लिन संयोजक भारत जानुभएको हो । राष्ट्रिय नेताले त्यहाँका महत्त्वपूर्ण नेताहरूसँग भेट गर्नु देशकै हितमा हुन्छ’, उनले भने, ‘अहिले विश्व परिस्थिति अकल्पनीय ढङ्गले अगाडि बढिरहेको छ । दिनदिनै घटना भइरहेको छ । हामीले चीन, भारत लगायत सबै देशसँग कुरा गर्नुपर्यो । भारत सरकारसँग छलफल भएको छैन, त्यहाँका व्यक्ति र व्यक्तित्वसँग भएको हो । मुख्य कुरा उहाँ पार्टीको कार्यक्रममा जानुभएको हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण