प्राधिकरणभित्रको असन्तुलनले जोखिम बढाउँदै उड्डयन सुरक्षा
काठमाडौँ । “सुरक्षामा ढिलाइ भनेको सुरक्षाको इन्कार हो” भन्ने अन्तर्राष्ट्रिय मान्यतालाई नै चुनौती दिँदै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) मा पछिल्लो समय भइरहेको जिम्मेवारी बाँडफाँडले उड्डयन सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
प्राधिकरणको वर्तमान नेतृत्वले प्राविधिक दक्षता, अनुभव र विषयगत ज्ञानभन्दा पनि नजिकका ‘मनपर्ने पात्र’लाई प्राथमिकता दिएको आरोप तीव्र बन्दै गएको छ ।
उड्डयन सुरक्षा जस्तो अत्यन्त संवेदनशील क्षेत्रमा गहिरो ज्ञान, अनुभव र उच्च जिम्मेवारीबोध अनिवार्य भए पनि त्यसको ठिक उल्टो अभ्यास भइरहेको सरोकारवालाहरूको भनाइ छ ।
उड्डयन सुरक्षाबारे खासै अनुभव र विशेषज्ञता नभएका ११औँ तहका अधिकृत विक्रमराज गौतमलाई उड्डयन सुरक्षा निर्देशनालयजस्तो संवेदनशील जिम्मेवारी दिइनु गम्भीर लापरबाहीको उदाहरण भएको उनीहरू बताउँछन् ।
यसले सुरक्षा निगरानी प्रणाली कमजोर बनाउने र भविष्यमा गम्भीर दुर्घटनाको जोखिम बढाउने चिन्ता व्यक्त गरिएको छ ।
त्यसैगरी प्रशासन प्रमुख हुनुपर्ने विनोद न्यौपानेलाई कर्पोरेट निर्देशनालयको अतिरिक्त जिम्मेवारी दिनु तथा अनुभवी र वरिष्ठ प्रेमनाथ ठाकुर र जगन्नाथ निरौलाजस्ता अधिकारीलाई बजेट र कार्यक्रम न्यून हुने स्थानमा राखिनु ‘थन्क्याउने’ प्रयास भएको आरोप प्राधिकरणभित्रैबाट उठ्न थालेको छ ।
योग्यता र क्षमताभन्दा केन्द्र नजिक हुनु नै जिम्मेवारी पाउने मुख्य आधार बनेको गुनासो व्यापक हुँदै गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नेतृत्व संरचना झनै विवादित बनेको छ । ११औँ तहका अधिकृत टेकनाथ सिटौलालाई महाप्रबन्धक बनाइँदा सोही तहका अन्य अधिकृतहरूलाई अधीनस्थ राखिनु प्रशासनिक सिद्धान्त विपरीत भएको टिप्पणी गरिएको छ ।
अध्यागमन र भन्सारजस्ता अन्तर्राष्ट्रिय नाकामा सहसचिवस्तरको नेतृत्व रहने देशमा अन्तर्राष्ट्रिय विमानस्थलमा निर्देशकस्तरमै सीमित रहनुले राष्ट्रकै अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर परेको सरोकारवालाहरूको भनाइ छ ।
सरोकारवालाहरूका अनुसार क्यानभित्र यसरी भइरहेको मनपरी जिम्मेवारी बाँडफाँडले उड्डयन सुरक्षा जोखिम बढ्दै गएको स्पष्ट सङ्केत देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण