सिरहामा १७ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक जना पक्राउ
सिरहा । सिरहामा १७ वर्षीया किशोरीलाई करणी गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार कर्जन्हा नगरपालिका–२ स्कुल टोलस्थित कमला सिँचाइ नहरबाट करिब १५–२० मिटर उत्तर झाडीमा गत मंसिर २२ गते दिउँसो कर्जन्हा नगरपालिका–१ बाल्टियाकी १७ वर्षीया किशोरी मृत फेला परेकी थिइन् ।
घटनापछि केन्द्रीय अनुसन्धान ब्युरो, मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा तथा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको संयुक्त अनुसन्धान टोलीले सूक्ष्म अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानका क्रममा सो घटनामा संलग्न रहेको आरोपमा धनुषाको छिरेश्वरनाथ नगरपालिका–३ बटैया टोलका ४५ वर्षीय राम बालक चौधरीलाई पक्राउ गरिएको प्रहरीले मंगलबार जनाएको छ ।
पक्राउ परेका चौधरीविरुद्ध ‘करणी गरी कर्तव्य गरी मारेको’ कसुरमा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ठमेलमा अश्लील गतिविधि र प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा ५ विदेशी महिला पक्राउ
-
स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सकियो
-
रोयल्टी नतिर्ने १०३ वटा संस्थाविरूद्ध प्रहरीमा जाहेरी, ३ मुद्दा अदालतमा
-
विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी बालिका मृत फेला
-
ऊर्जाको मूल्य घट्दा युरोजोनको मुद्रास्फीति २.८ प्रतिशतमा
-
बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको आरोपमा ४ जना महिला पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण