पिस्ता : स्वाद र स्वास्थ्यको खानी, मुटुदेखि तौल घटाउनसम्म उपयोगी
सारांश
- पिस्ता स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ र यसमा विभिन्न पोषक तत्वहरू पाइन्छन्।
- अनुसन्धानका अनुसार, पिस्ताले खराब कोलेस्ट्रोल घटाउन, तौल घटाउन र मुटुको स्वास्थ्यमा सुधार गर्छ।
- पिस्तालाई बिहान, काँचो, भुटेर वा भिजाएर खान सकिन्छ, तर धेरै खाँदा साइड इफेक्ट पनि हुनसक्छ।
काठमाडौँ । प्रकृतिले हामीलाई खानपिनका धेरै यस्ता चीजहरू दिएको छ, जुन स्वास्थ्यका लागि वरदानभन्दा कम छैनन्। पिस्ता पनि तिनैमध्ये एक हो।
अन्य ‘ड्राइ फ्रुट्स’ जस्तै यो पनि धेरै आवश्यक पोषक तत्त्वहरूले भरिपूर्ण छ र स्वादका साथै स्वास्थ्यका लागि पनि निकै फाइदाजनक छ।
‘नेसनल लाइब्रेरी अफ मेडिसिन’ मा प्रकाशित एक अध्ययनका अनुसार, दैनिक सीमित मात्रामा पिस्ता खाँदा खराब कोलेस्ट्रोल (एलडीएल) को स्तर कम हुन्छ। यसले मुटुको स्वास्थ्यलाई फाइदा पुर्याउँछ।
त्यस्तै, ‘जर्नल अफ अमेरिकन कलेज अफ न्युट्रिसन’ (जेएसीएन) मा प्रकाशित एक अध्ययनले पिस्ताको सन्तुलित सेवन तौल घटाउन सहयोगी हुनसक्ने देखाएको छ।
आउनुहोस्, आजको यो सामग्रीमा पिस्ताका फाइदाहरूबारे चर्चा गरौँ। साथै, यसको पोषण मूल्य कति छ र यो कहिले र कति खाने भन्नेबारे पनि जानौँ।
पिस्तामा कुन–कुन पोषक तत्त्व पाइन्छन्?
युनाइटेड स्टेट्स डिपार्टमेन्ट अफ एग्रीकल्चर (यूएसडीए) का अनुसार पिस्ता प्रोटिन, फ्याट र फाइबर तीनै चिजको एकदमै राम्रो स्रोत हो। हामीले दिनमा २५-३० ग्राम पिस्ता खान सक्छौँ।
मानौँ, यदि तपाईंको शरीरको तौल ५० किलो छ भने तपाईंलाई दिनभरमा कम्तीमा ४५ ग्राम प्रोटिन आवश्यक पर्छ। यदि तपाईंले २५-३० ग्राम पिस्ता खानुभयो भने त्यसबाट मात्रै ५.८४ ग्राम प्रोटिन प्राप्त हुन्छ। साथै, यसबाट १५० क्यालोरी शक्ति पनि मिल्छ, जसले शरीरलाई लामो समयसम्म ऊर्जा दिन्छ।
_Q5uTEnYNpk.png)
पिस्ताबाट हामीले दैनिक आवश्यकताको कति प्रतिशत भिटामिन र मिनरल्स पाउँछौँ?
पिस्तामा शरीरका लागि आवश्यक धेरै भिटामिन र मिनरल्स (खनिज) हुन्छन्। यसबाट हाम्रो दैनिक आवश्यकताको ठूलो हिस्सा पूरा हुन्छ।
उदाहरणका लागि कपर (तामा) लाई नै लिऔँ। कपरले कोशिकाहरूलाई ऊर्जा दिन तथा डीएनए र आरएनए बनाउन मद्दत गर्छ। यसले हड्डी र दाँतलाई बलियो बनाउँछ र कोषिकाहरू मर्मत गर्ने काम गर्छ।
१०० ग्राम पिस्तामा दैनिक आवश्यकताको १४४% कपर हुन्छ। यसको अर्थ, यदि तपाईंले दिनमा २५ ग्राम मात्र पिस्ता खानुभयो भने पनि तपाईंको दैनिक आवश्यकताको आधाभन्दा बढी कपरको मात्रा यसैबाट पूरा हुन्छ।
पिस्ताका ११ स्वास्थ्य लाभहरू:
१. रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बलियो बनाउँछ।
२. शरीरलाई ऊर्जावान् राख्छ।
३. पाचन प्रणाली सुधार गर्छ।
४. तौल घटाउन मद्दत गर्छ।
५. आँखाका लागि राम्रो हुन्छ।
६. खराब कोलेस्ट्रोल घटाउँछ।
७. मस्तिष्कको कार्यक्षमता बढाउँछ।
८. मुटुका लागि फाइदाजनक छ।
९. सुन्निने समस्या (इन्फ्लामेसन) कम गर्छ।
१०. रगतमा चिनीको मात्रा (ब्लड सुगर) नियन्त्रण गर्छ।
११. छाला र कपालका लागि फाइदाजनक छ।
पिस्ताले हाम्रो समग्र स्वास्थ्यलाई फाइदा पुर्याउँछ। जस्तै:
- यो भिटामिन बी-६, जिंक र एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बलियो बनाउँछ।
- पिस्तामा पाइने पोलिफेनोल्स र फ्लेभोनोइड्स जस्ता शक्तिशाली एन्टिअक्सिडेन्टले सुन्निने समस्या (इन्फ्लामेसन) कम गर्न मद्दत गर्छन्।
- फाइबर, प्रोटिन र स्वस्थकर फ्याटले भरिपूर्ण हुने भएकाले यसले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र धेरै खान (ओभरइटिङ) बाट बचाउँछ। यसरी पिस्ता तौल घटाउन पनि सहयोगी हुन्छ।
- यसमा पाइने ल्युटिन र जेक्सान्थिन जस्ता एन्टिअक्सिडेन्टले आँखालाई हानि हुनबाट बचाउँछन् र दृष्टिलाई राम्रो बनाउँछन्।
- पिस्तामा पाइने स्वस्थकर फ्याटले खराब कोलेस्ट्रोल घटाउन र राम्रो कोलेस्ट्रोल बढाउन मद्दत गर्छ, जसले मुटुलाई स्वस्थ राख्छ।
- पिस्ताका एन्टिअक्सिडेन्ट, भिटामिन बी-६, म्याग्नेसियम र ओमेगा-३ जस्ता पोषक तत्वले मस्तिष्कको स्वास्थ्य र सोच्ने क्षमतालाई सहयोग पुर्याउँछन्।
- यसमा भएको फाइबरले पाचन प्रणालीलाई दुरुस्त राख्छ र कब्जियतबाट बचाउँछ।
- भिटामिन ई र स्वस्थकर फ्याटले छालालाई हाइड्रेटेड राख्छ। साथै, यसले कपाललाई पनि बलियो बनाउँछ।
- यसको ‘ग्लाइसेमिक इन्डेक्स’ कम हुने भएकाले रगतमा चिनीको मात्रा एक्कासि बढ्न दिँदैन, जुन मधुमेह (सुगर) का बिरामीका लागि फाइदाजनक छ।
पिस्ता खाने सही तरिका के हो?
पोषणविद्का अनुसार पिस्ता काँचो, हल्का भुटेर वा भिजाएर खानुपर्छ। भिजाएको पिस्ता खाँदा पाचन तन्त्रले धेरै मेहनत गर्नु पर्दैन र यो पचाउन सजिलो हुन्छ।

यसबाहेक पिस्तालाई हलुवा, खिर वा मिल्क सेकमा हालेर पनि खान सकिन्छ। यसलाई अन्य तरिकाले पनि आफ्नो खानामा समावेश गर्न सकिन्छ, जस्तै:
- भुटेको पिस्तालाई सलादमा मिसाएर खान सकिन्छ।
- बिहान अन्य ड्राइ फ्रुट्ससँगै पिस्ता खान सकिन्छ।
- भिजाइएको पिस्तालाई दुधमा मिसाएर पिउन सकिन्छ।
- पिस्तालाई जाउलो मा पनि मिसाउन सकिन्छ।
पिस्ता खाने सही समय कुन हो?
पिस्ता खाने सबैभन्दा राम्रो समय बिहान हो। यसले दिनको सुरुवात राम्रो बनाउँछ र ऊर्जाको स्तर बढाउन मद्दत गर्छ। यद्यपि, यसलाई नास्तासँगै वा साँझमा स्वस्थकर खाजा (स्न्याक्स) को रूपमा पनि खान सकिन्छ।
केही मानिसहरू राति रक्सीसँग नुनिलो (सल्टेड) पिस्ता खान मन पराउँछन्, तर यसले एसिडिटीको समस्या निम्त्याउन सक्छ।
के धेरै पिस्ता खाँदा कुनै ‘साइड इफेक्ट’ पनि हुन सक्छ?
हो, धेरै पिस्ता खाँदा केही बेफाइदा हुन सक्छन्। जस्तै:
- तौल बढ्न सक्छ।
- ग्यास वा अपचको समस्या हुन सक्छ।
- नुनिलो पिस्ताले ब्लड प्रेसर (रक्तचाप) बढाउन सक्छ।
- केही मानिसलाई एलर्जीको समस्या हुन सक्छ।
- पिस्तामा क्यालोरीको मात्रा बढी हुने भएकाले सधैं सीमित मात्रामा मात्र खानुपर्छ।
एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण