भारत नआए अंक काट्ने आईसीसीको चेतावनी, बंगलादेश भन्छ– त्यस्तो अल्टिमेटम आएको छैन
सारांश
- २०२६ को टी२० विश्वकप भारतमा खेल्न बंगलादेशलाई आईसीसीले अंक गुमाउने चेतावनी दिएको छ।
- बंगलादेशले सुरक्षा कारण देखाउँदै खेल भारत बाहिर सार्न आग्रह गरेपछि यो विवाद उत्पन्न भएको हो।
- आईसीसी र बीसीबीबीचको विरोधाभासपूर्ण भनाइ र मुस्ताफिजुर रहमानको आईपीएल रिलिजले विवाद बढाएको छ।
ढाका । सन् २०२६ को टी–२० विश्वकप खेल्न बंगलादेश भारत जाने विषयमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) र बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) बिच विरोधाभासपूर्ण कुरा बाहिर आएको छ। मंगलबार भएको भर्चुअल बैठकमा आईसीसीले बंगलादेशलाई भारत नआए अंक गुमाउनुपर्ने चेतावनी दिएको समाचार बाहिरिए पनि बीसीबीले भने त्यस्तो कुनै अल्टिमेटम नपाएको दाबी गरेको छ।
ईएसपीएन क्रिकइन्फोका अनुसार मंगलबारको बैठकमा आईसीसीले बीसीबीको प्रस्तावलाई सिधै अस्वीकार गरिदिएको छ। सुरक्षाको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाहिर सारिदिन बंगलादेशले आइतबार आईसीसीलाई पत्र लेखेको थियो। तर, आईसीसीले भारत भ्रमण नगरे बंगलादेशले अंक गुमाउने वा प्रतियोगिता नै गुमाउन सक्ने चेतावनी दिएको बुझिएको छ।
यता बीसीबीले भने आईसीसीबाट त्यस्तो कुनै कडा सन्देश नआएको जिकिर गरेको छ। हालसम्म आईसीसी वा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले यस विषयमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।
प्रतियोगिता सुरु हुन करिब एक महिना मात्र बाँकी छँदा यो विवाद सतहमा आएको हो। भारत र श्रीलंकामा फेब्रुअरी ७ देखि सुरु हुने विश्वकपमा बंगलादेश समूह ‘सी’ मा छ। तालिका अनुसार बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिज, ९ मा इटाली र १४ मा इंग्ल्यान्डविरुद्ध कोलकातामा खेल्नुपर्नेछ। साथै, फेब्रुअरी १७ मा नेपालविरुद्धको अन्तिम समूह खेल मुम्बईमा तय भएको छ।
यो विवादको मुख्य कारण भने इन्डियन प्रिमियर लिग (आईपीएल) सँग जोडिएको छ। डिसेम्बरमा भएको अक्सनमा कोलकाता नाइट राइडर्स (केकेआर) ले ९ करोड २० लाख भारुमा किनेका बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई रिलिज गर्न बिसिसिआईले निर्देशन दिएपछि बीसीबी चिढिएको थियो। बीसीसीआईका सचिव देवाजित सैकियाले मुस्ताफिजुरलाई रिलिज गर्न भनिएको जानकारी दिए पनि यसको कारण खुलाएका थिएनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
-
सन् २०२२ को जादु दोहोर्याउने लक्ष्यमा मोरक्को
-
एमालेको १० बुँदे संकल्प : एक संगठित सदस्य बराबर ३ जना नयाँ सदस्य (प्रस्तावसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026