बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

एमालेले छान्यो राष्ट्रियसभाका लागि ६ उम्मेदवार

बुधबार, २३ पुस २०८२, ०८ : ५५
बुधबार, २३ पुस २०८२

सारांश

  • नेकपा एमालेले राष्ट्रिय सभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारको टुङ्गो लगाएका हुन्।
  • रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारी उम्मेदवार बन्ने भएका छन्।

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्रियसभाका लागि ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले ६ उम्मेदवारको टुङ्गो लगाएको एक नेताले जानकारी दिए । 

उनका अनुसार रोशनी मेचे, प्रेम दंगाल, सम्झना देवकोटा, रामकुमारी झाँक्री, मिना रखाल र लीला भण्डारीलाई राष्ट्रियसभाको उम्मेदवार बनाउने तय भएको छ । 

राजनीतिक दलहरूबिच कांग्रेस र एमालेले ७–७ सिट, नेपाली कम्युनिस्ट पार्टीले ३ सिट र जसपा नेपालले १ सिट लिने गरी सहमति भएको बताइएको छ । एमालेले ६ उम्मेदवार छाने पनि एक उम्मेदवार छान्न बाँकी रहेको बताइएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरूको मनोनयन हुने भएको छ । निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन हुन लागेको हो ।

आयोगले यसअघि यही पुस १९ गते मतदाता नामावली प्रकाशन गरिसकेको छ । यस्तै, मंगललबार मतदाता नामावलीमा कुनै दाबी विरोध भए नभएको यकिन गरी अन्तिम मतदाता नामावली पनि सार्वजनिक गरिसकेको छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार यही पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते उम्मेदवारले चाहेमा नाम फिर्ता लिने र सोही दिन दिउँसो अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप