कार्यसम्पादन समिति बैठक
विश्वप्रकाश शर्माद्वारा राष्ट्रियसभा उम्मेदवार छान्ने पार्टी बैठक बहिस्कार
बुधबार, २३ पुस २०८२, ११ : २१
१
सारांश
- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्यको उम्मेदवार छनोटका लागि बोलाइएको बैठक बहिस्कार गरे।
- शर्माले उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै कार्यवाहक सभापतिलाई जानकारी गराए।
- उनले ६०र४० को भागबण्डा गरेर उम्मेदवार छान्न नसकिने बताए।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीका तर्फबाट राष्ट्रियसभा सदस्यका उम्मेदवार तय गर्न बोलाइएको कार्यसम्पादन समितिको बैठक बहिस्कार गरेका छन् । महामन्त्री शर्माले मंगलबार र बुधबार बसेको बैठक बहिस्कार गरेका हुन् ।
उनले उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै बहिस्कार गर्ने जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई गराएका बताए । उम्मेदवारी छनौट प्रक्रियाको निश्चित मापदण्ड पनि बनाउन नसक्ने र प्राचीन खालको ६०र४० को भागबण्डा गरेर उम्मेदवार छान्ने कामको साक्षी किनारा बन्न नसक्ने शर्माले कार्यवाहक सभापति खड्कालाई बताएका थिए ।
मंगलबार र बुधबारको बैठकमा सहभागी एक पदाधिकारीले शर्मा बैठकमा सहभागी नभएको जानकारी दिए कांग्रेसले पार्टीभित्र भागबण्डाको आधारमा उम्मेदवार टुंग्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण