अमेरिकाले पिछा गरिरहेको तेल ट्याङ्करको सुरक्षाका लागि रुसले पठायो जहाज
सारांश
- रुसले आन्ध्र महासागरमा रहेको तेल ट्याङ्करको सुरक्षाका लागि जलसेना पठाएको छ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाबाट तेल ढुवानी गर्ने ट्याङ्करमाथि प्रतिबन्ध लगाउने बताएका थिए।
- अमेरिकाले जहाज कब्जा गर्न खोजेपछि रुसले जहाज वरपर सतर्कता बढाएको छ।
मस्को । आन्ध्र महासागरमा रहेको तेल ट्याङ्करको सुरक्षाका लागि रुसले जलसेनाको जहाज खटाएको छ । यो ट्याङ्करले अहिले केही सामान बोकेको छैन । तर यसलाई भेनेजुएली तेल ढुवानी गर्न प्रयोग गर्ने गरिएको थियो ।
ट्याङ्कर मंगलबार स्कटल्यान्ड र आइसल्यान्डको बिचतिर भएको मानिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको हप्ता भेनेजुएला छिर्ने र त्यहाँबाट बाहिरिने ट्याङ्कहरूमाथि प्रतिबन्ध लगाउने बताएका थिए ।
ट्रम्पको यो कदमलाई भेनेजुएला सरकारले लुटपाटको आरोप लगाएको छ । अमेरिकाले शनिबार काराकसमा आक्रमण गरेर शनिबार भेनेजुएलाका राष्ट्रपति र उनको श्रीमतीलाई अपहरण गरेको छ ।
यो कारबाही अघि नै ट्रम्पले पटक पटक भेनेजुएली सरकारमाथि अमेरिकामा लागू औषध तस्करी गर्न ती जहाज प्रयोग गरेको आरोप लगाएका थिए । गएको महिना क्यारेबियन सागरमा अमेरिकी तट रक्षाका जवानहरूले बेल्ला १ नाम गरेको जहाजमा चढ्ने कोसिस गरेका थिए । उनीहरूसँग सो जहाज जफत गर्ने पुर्जी थियो ।
जहाजमा कुनै पनि देशको झन्डा नभएको र यसले प्रतिबन्धित इरानी तेल बोकेको अमेरिकी भनाइ थियो । तर जहाजले अचानक आफ्नो बाटो फेरेको छ र रुसी झन्डा राखेर जहाजको नाम पनि परिवर्तन गरेको जनाइएको छ ।
अमेरिकी सेनाहरूले जहाज डुबाउने भन्दा यसलाई कब्जामा लिने तयारीमा भएको सीबीसी न्युजलाई मंगलबार दुई अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् । अमेरिकाले जहाज कब्जा गर्न खोजेपछि रुसले जहाज आसपासका क्षेत्रमा सतर्कताका साथ नियालिरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण