कांग्रेसले लुम्बिनीबाट वासुदेव घिमिरे र चन्द्र केसीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने
सारांश
- नेपाली कांग्रेसले लुम्बिनी प्रदेशबाट वासुदेव जङ्गली घिमिरे र चन्द्र बहादुर केसीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ।
- दाङका घिमिरेलाई अपाङ्ग क्लष्टरबाट र गुल्मीका केसीलाई खुलाबाट उम्मेदवार बनाइने भएको हो।
- घिमिरे र केसी दुवै कांग्रेसका पुराना नेता हुन्, जसले लामो समयदेखि पार्टीमा योगदान गरेका छन्।
बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेशबाट वासुदेव घिमिरे 'जङ्गली' र चन्द्र बहादुर केसीलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङका घिमिरेलाई अपाङ्ग क्लष्टरबाट उम्मेदवारका रूपमा अघि सारिएको हो, भने गुल्मीका केसीलाई खुलाबाट उम्मेदवार बनाइने भएको हो ।
दाङको लमही नगरपालिका–१ निवासी घिमिरे कांग्रेसका पुराना र सङ्घर्षशील नेता रहेको कांग्रेस कार्यकर्ताहरू बताउँछन् । घिमिरेको राजनीतिक यात्रा २०२९ सालमा नेविसंघबाट सुरु भएको हो । त्यसपछि उनी तरुण दलमा सक्रिय भए ।
२०४० सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बनेका रहे । उनले तरुण दलको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी समेत सम्हालेका नेता हुन् । उनी कांग्रेसको क्षेत्रीय सभापतिसमेत भइसकेका छन् ।
केसी पनि कांग्रेसका पुराना नेता हुन् । गुल्मी रेसुङ्गा नगरपालिका निवासी केसीले यस अघि २०७४ मा गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका थिए । उनी गुल्मीको पूर्व जिविस सभापति समेत भएर काम गरेका नेता हुन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण