जिल्ला न्यायाधीशमा २० जना सिफारिस
काठमाडौँ । न्याय परिषद्ले जिल्ला न्यायाधीश पदका परीक्षामा उत्तीर्ण २० उम्मेदवारलाई नियुक्तिका लागि सिफारिस गरेको छ ।
अधिवक्ता शिशिरकुमार यादव, सर्वोच्च अदालतका उपरजिस्ट्रार शिवप्रसाद आचार्य, जाजरकोट जिल्ला अदालतका श्रेस्तेदार ताराप्रसाद डाँगी, न्याय परिषद् सचिवालयका उपसचिव हीरालाल भुसाल, कोसी प्रदेशसभा सचिवालयका उपसचिव डिल्लीप्रसाद आचार्य, विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता गोपालबहादुर भट्टराई, न्याय परिषद् सचिवालयका उपसचिव सुमन पाण्डे जिल्ला न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छन् ।
यसैगरी सर्वोच्च अदालतका उपरजिस्ट्रार ठाकुरप्रसाद बस्ताकोटी, रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेत, काभ्रेपलाञ्चोक जिल्ला अदालतका श्रेस्तेदार इन्दिरा कार्की, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता बाबुराम भट्टराई, उच्च सरकारी वकिल कार्यालय, पाटनका उपन्यायाधिवक्ता टेकराज भुसाल, सर्वोच्च अदालतका इजलास अधिकृत गोकुल पन्त, उच्च अदालत विराटनगर धनकुटा इजलासका रजिस्ट्रार वीरेन्द्रप्रकाश खड्का, उच्च अदालत सुर्खेत जुम्ला इजलासका रजिस्ट्रार महेन्द्रप्रसाद पौड्याल, सर्वोच्च अदालतका उपरजिस्ट्रार वासुदेव पाण्डे, ऋण असुली पुनरावेदन न्यायाधिकरणका श्रेस्तेदार ललित सापकोटा, न्याय परिषद् सचिवालयका उपसचिव खेमकुमारी बस्नेत जिल्ला न्यायाधीशमा सिफारिस भएका छन्।
सर्वोच्च अदालतका उपरजिस्ट्रार कर्णबहादुर राई र सर्वोच्च अदालतका उपरजिस्ट्रार हीरामाया अवाल पनि जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस भएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण