कच्चा पदार्थमा लाग्दै आएको भ्याट खारेज गर्न माग
सारांश
- निजी क्षेत्रका अगुवाहरूले निर्यातजन्य उद्योगको कच्चा पदार्थमा लाग्ने भ्याट हटाउन माग गरेका छन्।
- व्यवसायीहरूले निर्यात उद्योगमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।
- निजी क्षेत्रले लगानीको वातावरण नबनेको र बैंकमा लगानीयोग्य रकम भएर पनि कर्जा विस्तार हुन नसकेको गुनासो गरे।
काठमाडौँ । निर्यातजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थमा लाग्दै आएको मूल्य अभिवृद्धि कर (भ्याट) ले व्यापारलाई निरुत्साहित गरेको भन्दै निजी क्षेत्रका अगुवाहरूले त्यसलाई तत्काल हटाउन माग गरेका छन्। नेपाल निर्यात परिषद्को २८औँ वार्षिक साधारण सभा तथा १०औँ निर्यात दिवसका अवसरमा आयोजित कार्यक्रममा व्यवसायीहरूले निर्यात उद्योगमा देखिएका समस्या समाधानका लागि राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका हुन्।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जान श्रेष्ठले उद्योगका लागि आवश्यक धेरैजसो कच्चा पदार्थ विदेशबाट ल्याउनुपर्ने र स्वदेशी कच्चा पदार्थमा समेत भ्याट लगाउँदा निर्यात व्यापार फस्टाउन नसकेको बताए। उनले नेपालमा लजिस्टीक लागत ३५ प्रतिशतसम्म रहेको र अन्य देशमा एक महिनामा हुने ट्रान्जिट प्रक्रिया नेपालमा दुई महिनासम्म लाग्ने गरेको उल्लेख गर्दै यसलाई कम गर्न सरकारको ध्यानाकर्षण गराए।
नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बाह्य क्षेत्र राम्रो देखिए पनि आन्तरिक रूपमा अर्थतन्त्र निकै चुनौतीपूर्ण अवस्थामा रहेको औँल्याए। उनले स्वदेशी उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेकाले अर्थतन्त्रलाई बलियो बनाउन स्वदेशी उत्पादनको खपत बढाउने नीति लिन सरकारलाई आग्रह गरे। आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष अभियान सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।
त्यसैगरी, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले निर्यातमुखी उद्योगलाई राज्यले विशेष सहुलियत दिनुपर्नेमा जोड दिए। उनले अर्थतन्त्रको ८१ प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेको भए पनि हाल लगानीको वातावरण बन्न नसकेको र निजी क्षेत्रमा विश्वासको अभाव देखिएको बताए। बैंकहरूमा पर्याप्त लगानीयोग्य रकम हुँदाहुँदै पनि कर्जा विस्तार हुन नसक्नुले मुलुकमा लगानीमैत्री वातावरण नरहेको पुष्टि गर्ने उनले दाबी गरे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण