प्राथमिक उपचारसम्बन्धी तालिममा राउटे समुदायका युवायुवती सहभागी
सुर्खेत । लोपोन्मुख फिरन्ते राउटे समुदाय युवा युवतीहरूलाई प्राथमिक उपचार सम्बन्धी जानकारी दिन सुर्खेतमा तालिम आयोजना गरिएको छ । तालिममा सीमान्तकृत सो समुदायका आठ युवती र सात युवा सहभागी छन् ।
सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेत, दैलेख, जाजरकोट र सल्यानका जङ्गल क्षेत्रमा फिरन्ते जीवन बिताउँदै आएको सो समुदायको हाल जनसङ्ख्या एक सय ३३ छ । पछिल्लो समय मदिरा सेवन, अस्वस्थ जीवनशैली र खानपानका कारण जनसङ्ख्या घटेको जनाइएको छ ।
अहिले उनीहरु लेकबेँसी नगरपालिका–७ सुर्खेतको जङ्गल क्षेत्रमा बसोबास गर्दै आएका छन् । सहभागीलाई नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखाका स्वास्थ्यकर्मीले प्रयोगात्मक अभ्यासमार्फत प्राथमिक उपचारका आधारभूत सीप सिकाउने कार्यतालिका रहेको नेपाल रेडक्रस सोसाइटी सुर्खेतका सभापति रामलाल आचार्यले जानकारी दिए ।
उनका अनुसार तालिमबाट चोटपटक वा आकस्मिक स्वास्थ्य समस्या देखिँदा अस्पताल लैजानुअघि प्राथमिक उपचार गर्न सक्ने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारबाट बाहिरिँदै एमाले, राजीनामा दिने तयारी
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण