ओली भन्छन्– देश जलाउने अपराधी र देशद्रोही हुन्
सारांश
- एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देश जलाउनेहरू देशद्रोही भएको बताए।
- ओलीले उक्त घटना आठ दश वर्ष अघिको योजना भएको दाबी गरे।
- उनले देश जलाउनेहरू नेपाली आचरणको नभएको बताए।
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते देश जलाउनेहरू नेपाली हुनै नसक्ने भन्दै देशद्रोही र अपराधी भएको बताएका छन् । उनले जेनजीहरु उक्त कार्यमा नलागेको भन्दै उक्त घटना तात्कालिक नभएर आठ दश वर्ष अघिको योजना भएको दाबी समेत गरे ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘यो तात्कालिक होइन, आठ दश वर्ष देखिको तयारी हो । देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, कुनै आन्दोलनकारी होइनन्’ ओलीको भनाइ छ । उनले बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका तत्त्वहरूले देश चलाएको भन्दै यो नेपाली आचरण, बुद्धि, मति र अभ्यास आचरण हुनै नसक्ने बताए ।
‘संसद् भवन जलाउने काम, सरकारको मुख्यालय जलाउने काम, सर्वोच्च लगायतका अदालत जलाउने काम, त्यो ठाउँमा खोजी खोजी जलाइएको छ जहाँ खास मान्छेका मिसिल छन्’, ओलीले भने, ‘ट्रेन मान्छे गएको छ । कार्यालय र घर लोकेट गरिएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण