शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सरकारले चुनाव भनेको छ, तर वातावरण छैन : ओली

बुधबार, २३ पुस २०८२, १६ : २२
बुधबार, २३ पुस २०८२

सारांश

  • एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी वातावरण नभएको र सरकारमा रहेकाहरूलाई डेमोक्रेसीप्रति माया नभएको आरोप लगाए।
  • ओलीले चुनावको वातावरण नभएको र विभिन्न आपराधिक घटना भइरहेको भन्दै चुनावमा झनै धेरै घटना हुनसक्ने बताए।
  • उनले वर्तमान सरकार चुनाव गराउनभन्दा राजदूत फिर्ता र सुरक्षा निकायको मनोबल उठाउने काममा नलागेको बताए।

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले चुनाव चुनाव भने पनि चुनावी वातावरण नभएको दाबी गरेका छन् । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले अनाडीहरू जेनजीका प्रतिनिधि भएको भन्दै सरकारमा रहेकाहरूलाई डेमोक्रेसीप्रति कुनै माया नभएको बताए । 

‘अव अहिले सरकारले चुनाव भनेको छ तर चुनावी वातावरण छैन,’ओलीले भने, ‘खोसिएका हतियार अझै जम्मा भैसकेका छैनन् । जेल फोडेर बाहिर निस्केका मानिसहरू सरकारको नियन्त्रणमा आएका छैनन् ।’

विभिन्न प्रकारका घटनाहरू आपराधिक घटना भइरहेको भन्दै उनले चुनावमा अझ बढी घटना हुनसक्ने बताए ।  ‘अर्कोतिर जेनजीका नाममा केही अवाञ्छित तत्त्वहरू सक्रिय भइरहेको देखिन्छ । अहिलेको मन्त्रिपरिषद् हुर्नुपर्छ । जेनजी नामका आग्रही, पूर्वाग्रही, प्रतिशोधी मानसिकताका तत्त्वहरू । अनाडी सडक छाप कहाँबाट जेनजीका प्रतिनिधि भए थाहा छैन । देश चलाउने जिम्मा त्यस्ताहरूको हातमा पुगेको छ’, ओलीको भनाइ छ । 

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ती मानिसहरूमा डेमोक्रेसी फर्काउनुपर्छ भन्ने कुनै चेत नभएको बताए । राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सबै हटाउने बाटो संविधानमा भए पनि देशमा आगजनी गरिएको बताए ।  उनले देश जलेपछि आफूले राजीनामा दिएको र अहिलेको सरकार आउनुबाहेक केही नभएको बताए । उनले वर्तमान सरकारको काम चुनाव गराउने भए पनि राजदूत फिर्तामा लागेको तथा सुरक्षा निकायको मनोबल उठाउने काममा सरकार नलागेकाले चुनाव हुनसक्ने अवस्था नरहेको बताए । 

प्रधानमन्त्रीले सेना परिचालन गरेर निर्वाचन गराउने भनेर अफवाह फैलाएको भन्दै सेनाले  बुथमा मतदान अधिकृतका जसरी बस्छ ? भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप