हामीलाई सभापति बन्नु छैन तर पार्टी ठिक ठाउँमा उभिनुपर्छ : महामन्त्री थापा
काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति बन्नका लागि आफूहरुले विशेष महाधिवेशनको माग नगरेको स्पष्ट पारेका छन् । बुद्धिजीविहरुसँगको बुधवारको छलफलका क्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् ।
उनले केही नेताहरुले आफू सभापति बन्नका लागि पार्टीमा विरोध गरिरहेको छ भन्ने आरोप लगाएको भन्दै आफूहरुलाई सभापति बन्ने चाहना नरहेको बताए । उनले सभापति बन्ने चाहना राख्ने डा. शेखर कोइराला वा अन्य कोही पनि नेताहरु सभापति बन्नसक्ने बताए ।
उनले कारोबारी राजनीतिलाई अन्त्य गर्न जरुरी रहेको बताए । महामन्त्री थापाले पार्टीलाई ठिक ठाउँमा उभ्याउने आफूहरुको एकमात्र चाहना रहेको जिकिर गरे ।
महामन्त्री थापाले भने- ‘२३ र २४ गतेपछि नेपालका मुख्य मुख्य पार्टीहरुमा दुई खालका कुरा आए । एउटा हामी नै ठिक थियौँ र छौँ भन्ने कुरा आयो । बाँकी सबै गलत हुन् भन्ने कुरा आयो । एउटा विचार यो भयो । २३ र २४ गतेअघि हामी ठिक थिएनौँ भन्ने कुरा हमीले राख्यौँ । हामी उभिएको ठाउँ ठिक थिएन, गतिमति ठिक थिएन । नागरिकको रिस थियो । रिसको कारण छन्, त्यो बुझ्नुपर्छ र त्यसका आधारमा हामीले पार्टीका कार्यक्रम अघि बढाउनुपर्छ । प्रिन्सिपल, पर्पसको कुरामा फर्किनुपर्छ । सच्याउनुपर्छ । हतार हतार अरुलाई हटाएर सभापति बन्न खोज्यो भन्ने आरोप आयो । हामीलाई सभापति बन्नै छैन । को बन्नुछ बन्नुस् । तपाईंहरुमध्ये कुन नेतालाई बन्नुछ बन्नुस् । डा. शेखर कोइरालालाई बन्नुछ बन्नुस् । अर्को नेता बन्नुछ बन्नुस् । तर पार्टीलाई ठिक ठाउँमा उभ्याउनुपर्छ ।’
महामन्त्री थापाले नेपालको ठूलो पार्टीलाई बनाउँ भन्ने मात्रै आफूहरुको चाहना रहेको बताए । संस्था जोगाउने र परिवर्तनको मुद्दा नमार्ने गरी आफूहरु अघि बढ्न चाहेको बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण