रुकुम पश्चिमबाट जनार्दन शर्मा चुनाव लड्दै, एकल सिफारिस
सुर्खेत । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक जनार्दन शर्मा ‘प्रभाकर’ चुनाव लड्ने भएका छन् ।
प्रलोपाको बुधबार बसेको जिल्ला कमिटीको बैठकले शर्मालाई उम्मेदवारका लागि एकल सिफारिस गरेको हो ।
शर्माले यसअघि माओवादीबाट लगातार चुनाव जित्दै आएका थिए ।
माओवादी शान्ति प्रक्रियामा आएसँगै रुकुम पश्चिममा शर्माको एकछत्र प्रभाव छ । अहिले माओवादी विभाजनसँगै रुकुमका धेरैजसो नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा)मा समाहित भएका छन् । शर्माले भने प्रलोपा गठन गरी सङ्गठन निर्माण गरिरहेका छन् ।
शर्मा पुनः चुनाव लड्ने भएसँगै रुकुम पश्चिमको राजनीतिक माहोल रोचक बन्ने छ ।
यहाँ नेकपाबाट गोपाल शर्मा उम्मेदवार बनेका छन् । गोपाल कुनै बेला जनार्दनकै किचेन क्याबिनेटका रूपमा चिनिन्थे ।
तर पछिल्लो समय शर्माको साथ छाडेर उनी प्रचण्डतिर लागे । यहाँ एमालेबाट नन्दराम देवकोटा उम्मेदवार बन्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
-
रास्वपा सभापति लामिछानेले भेटे राष्ट्रपति, के भयाे कुराकानी ?
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण