दीपेन्द्र वर्षको उत्कृष्ट पुरुष खेलाडी
बुधबार, २३ पुस २०८२, १९ : ४३
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्र सिंह एरी वर्ष २०८१ को उत्कृष्ट पुरुष खेलाडी घोषित भएका छन् ।
बुधबार नेपाल खेलकुद पत्रकार मञ्चले पोखरामा आयोजना गरेको अवार्ड कार्यक्रममा २०८१ सालमा उनको उत्कृष्ट प्रदर्शनलाई यो अवार्ड प्रदान गरेको हो । दीपेन्द्रको उत्कृष्ट प्रदर्शनका कारण २०८१ मा नेपाली टोलीले विश्वस्तरमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।
त्यस्तै नेपाल प्रिमियर लिगको पहिलो संस्करणमा उनले सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए, उनी रोयल्सको कप्तानसमेत हुन् । दीपेन्द्र २०८१ मा नेपाल प्रिमियर लिगको उत्कृष्ट खेलाडी पनि घोषित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण