बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता

बुधबार, २३ पुस २०८२, २१ : ०३
बुधबार, २३ पुस २०८२

कर्णाली । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

कर्णालीमा रिक्त रहेको अन्य र महिला कलस्टरमा चार जनाको उम्मेदवारी परेको हो । अन्य कलस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट रुकुम–पश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली कांग्रेसबाट जुम्लाका ललितजङ्ग शाहीले मनोनयन दर्ता गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंले जानकारी दिए।

त्यसैगरी, महिला क्लस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट डोल्पा निवासी अञ्जु महतारा र नेकपा एमालेबाट दैलेख निवासी मिनासिंह रखालले राष्ट्रियसभा सदस्यको मनोनयन दर्ता गरेको सूचना अधिकारी चौलागाईंले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप