म्यान्चेस्टर सिटी र ब्राइटनबिचको खेल बराबरी
बिहीबार, २४ पुस २०८२, ०३ : ३९
सारांश
- म्यान्चेस्टर सिटी र ब्राइटनबिचको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकियो।
- सिटीका एर्लिङ हालान्डले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए।
- ब्राइटनका काउरो मिटोमाले गोल फर्काएपछि खेल बराबरीमा टुंगियो।
काठमाडौँ । प्रिमियर लिगमा आज म्यान्चेस्टर सिटी र ब्राइटनबिच भएको खेल १–१ बराबरीमा टुंगिएको छ । खेलको पहिलो हाफमा सिटीका स्टार स्ट्राइकर एर्लिङ हलान्ड ले ४१ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए ।
तर दोस्रो हाफको ६० औँ मिनेटमा काउरो मिटोमाले गोल गर्दै खेललाई १–१ बराबरीमा ल्याए ।
बराबरीसँगै दुवै टिमले महत्त्वपूर्ण एक-एक अंक बाँडे । सिटी ४३ अंक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ भने ब्राइटन २९ अंक सहित ११ औँ स्थानमा रहेको छ ।
त्यस्तै क्रिस्टल प्यालेस र एस्टन भिल्लाबिच आजै भएको अर्को खेल पनि गोलरहित बराबरीमा सकिएको छ । भिल्ला ४३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने २८ अंक सहित तालिकाको १३ औँ स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपाका दुई नेता मेन्याङ्बो र आङ्बोको दौडधुप बाक्लियो
-
भारतमा ‘कक्रोच’ आन्दोलनले बढायो सरकारमाथिको दबाब
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण