बोर्नमाउथसँग टोटनह्याम पराजित
बिहीबार, २४ पुस २०८२, ०३ : ५५
सारांश
- टोटेनह्यामले बोर्नमाउथसँगको खेलमा हार बेहोर्यो, जहाँ सुरुमा अग्रता लिएको थियो।
- बोर्नमाउथका खेलाडीले गोल गर्दै खेललाई बराबरीमा ल्याए र अग्रता समेत लिए।
- इन्जुरी समयमा बोर्नमाउथले गोल गर्दै जित सुनिश्चित गर्यो, जसमा टोटनह्यामको स्थिति कमजोर रह्यो।
काठमाडौँ । नेपाली समय अनुसार बिहीबार बिहान सम्पन्न प्रिमियर लिगमा टोटनह्यामले बोर्नमाउथसँग पराजय भोगेको छ। खेलको सुरुआतमै माथिस टेलले ५ औँ मिनेटमा गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए । तर बोर्नमाउथका इवानिल्सनले २२ औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । पहिलो हाफको अन्त्यतिर एली जुनियर क्रौपीले गोल गर्दै बोर्नमाउथलाई अग्रता दिलाए ।
खेलको दोस्रो हाफमा टोटनह्यामका जोआओ पालिन्हाले ७८ औँ मिनेटमा गोल गरे पनि इन्जुरी समयमा अन्तोइन सेमेनीयोले निर्णायक गोल गर्दै बोर्नमाउथको जित सुनिश्चित गरे ।
टोटनह्याम २७ अंक सहित १४ औँ स्थान रहेकाे छ भने बोर्नमाउथ २६ अंक सहित १५ औँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण