गण्डकीका जिल्लामा एमालेले तोक्यो इन्चार्ज
बिहीबार, २४ पुस २०८२, ११ : ५७
सारांश
- नेकपा एमालेले गण्डकी प्रदेशमा इन्चार्ज तोकेको छ, जसमा खगराज अधिकारीलाई जिम्मेवारी दिइएको छ।
- पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि ११ मध्ये १० जिल्लामा जिल्ला इन्चार्ज तोकिएको छ।
- कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल लगायत केन्द्रीय सदस्यहरूलाई जिल्ला इन्चार्ज तोकिएको छ।
पोखरा । नेकपा एमालेले प्रदेश तहका जिल्लाहरूमा इन्चार्ज तोकेको छ । सचिवालय बैठकले गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी खगराज अधिकारीलाई दिएको छ ।
उनी ११ औं महाधिवेशनबाट सचिवमा निर्वाचित भएका थिए । योसँगै गण्डकीका ११ मध्ये १० जिल्लामा जिल्ला इन्चार्ज पनि तोकिएको छ । पार्टीको साङ्गठनिक सुदृढीकरणका लागि इन्चार्ज तोकिएको एमालेले जनाएको छ । जिल्ला इन्चार्जका रूपमा केन्द्रीय सदस्यलाई खटाइएको छ ।
एमालेको निर्णय अनुसार, कास्कीमा कृष्ण थापा, तनहुँमा केदार सिग्देल, गोरखामा रामशरण बस्नेत र स्याङ्जामा सीमा क्षत्रीलाई इन्चार्ज तोकिएको छ । यस्तै, बागलुङमा मना केसी, पर्वतमा पदम गिरी, म्याग्दीमा थममाया थापा, मुस्ताङमा चन्द्रमोहन गौचन, नवलपुरमा तिलक महत र लमजुङमा जमिन्द्रमान घलेलाई जिल्ला इन्चार्जको रूपमा खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण