६६ वटा सङ्घसंस्थाबाट बाहिरिँदै अमेरिका
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघ (यूएन) लगायत ६६ वटा संघसंस्थाबाट बाहिरिने घोषणा गरेका छन्।
- ट्रम्पले यी संघसंस्थालाई दिँदै आएको रकम कटौती गर्ने योजना बनाएका छन्, जसमा जलवायु परिवर्तन र शान्तिसँग सम्बन्धित मञ्चहरू पनि छन्।
- ह्वाइट हाउसले जारी गरेको सूचीमा ३५ वटा गैर-यूएन संघसंस्था र यूएनसम्बद्ध ३१ वटा संस्थाको नाम समावेश छ।
वासिङ्टन डीसी । अमेरिका संयुक्त राष्ट्र संघ (यूएन)को समेत गरेर ६६ वटा सङ्घसंस्थाबाट बाहिरिने भएको छ । अमेरिकालाई यूएनसम्बद्ध संघसंस्था र अन्य अन्तर्राष्ट्रिय सङ्गठनबाट निकाल्ने योजना आफूले बनाइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् । यसमा जलवायु परिवर्तन, शान्ति र प्रजातन्त्रमा सहकार्य गर्ने ठुला मञ्चहरू समेत छन् ।
यस योजना अन्तर्गत ट्रम्पले अमेरिकालाई यी सङ्घसंस्थाबाट बाहिर निकाल्ने मात्रै नभएर तिनीहरूलाई दिँदै आएको सबै रकम समेत काट्नेछन् । ह्वाइट हाउसले जारी गरेको सूचिमा जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानल ‘आईपीसीसी’, इन्टरनेशनल इन्स्टिच्युट फर डेमोक्रेसी एण्ड इलेक्टोरल असिस्टेन्स समेतका ३५ वटा गैर–यूएन संघसंस्थाको पनि नाम छ ।
ह्वाइट हाउसले आईपीसीसीलाई गैर–यूएन संस्था भने पनि यो यूएनअन्तर्गतकै संस्था हो । यसमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि (यूएनएफसीसीसी) र बालबालिकाको स्वास्थ्यमा काम गर्ने ‘यूएनएफपीए’ समेतका यूएनसम्बद्ध ३१ वटा संस्था पनि छन् ।
बिहीबार बिहानसम्म यूएनले ट्रम्पको यस घोषणामा प्रतिक्रिया जनाउने बताइएको छ । सार्वजनिक रूपमा ट्रम्पले यूएनका मञ्चहरूमा अमेरिकाको थोरै मात्रै संलग्नता चाहेको दाबी गरेको भएपनि अन्तर्राष्ट्रिय स्तरका निर्णयलाई प्रभावित पार्न उनले छाडेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी
-
गोविन्द केसीलाई तोसिमाको सुझाव : भयो सर, अनसन छाडिदिनुस्
-
बालेनले आज निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण