दैलेख–१ः उम्मेदवार सिफारिसको सूचीबाट दुई जनाले लिए नाम फिर्ता, शर्मालाई समर्थन
बिहीबार, २४ पुस २०८२, १६ : ०८
सुर्खेत । नेकपा एमाले दैलेख क्षेत्र नम्बर– १ को प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि सिफारिस गरिएका पाँच आकाङ्क्षीहरूमध्ये दुई जनाले पत्र लेखेर आफ्नो नाम फिर्ता लिएका छन् ।
यसअघि दाबी गरेका रत्नबहादुर खड्का र तेजबहादुर चन्दले प्रदेश कमिटीलाई पत्र नै लेखेर नाम फिर्ता लिएका हुन् ।उनीहरुले कर्णाली प्रदेश कमिटीका सचिव रवीन्द्रराज शर्मालाई समर्थन गरेका छन् ।
यसअघि, सोमबार बसेको एमाले दैलेख निर्वाचन क्षेत्र नम्बर– १ को क्षेत्रीय समन्वय कमिटीले आकाङ्क्षी उम्मेदवारका रूपमा पाँच जना नेताहरूको नाम प्रदेश कमिटी हुँदै पार्टी केन्द्रमा सिफारिस गरेको थियो ।
दुई जनाले नाम फिर्ता लिएसँगै अब प्रदेश कमिटीले उक्त क्षेत्रको उम्मेदवारका लागि शर्मासँगै नन्दकिशोर बस्नेत र लीला बिसीको नाम पार्टी केन्द्रमा सिफारिस गर्ने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण