पूर्ण इजलास बसेपनि सात वटा मुद्दामा भएन सुनुवाइ
काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीश अब्दुल अजीज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको पूर्ण इजलासमा सात वटा मुद्दाको पेसी तोकिए पनि कुनै सुनुवाइ हुन सकेन ।
बिहीबार मुद्दा स्थगितका लागि निवेदन दिइँदा पूर्ण इजलास बसेपनि सुनुवाइ भने हुन नसकेको हो ।
इजलासमामा सुरुको पेसी सूची कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका गोविन्दबहादुर बटाला ‘जीवीत’लाई सफाइ दिने आफ्नै फैसला पुनरावलोकन रिटमा सुनुवाइ थियो ।
तर, महान्यायाधिवक्ता कार्यालयले इजलासमा पुगेर आजलाई मुद्दा स्थगित गरी पाउँ भनेर निवेदन दिएपछि स्थगित हुन पुग्यो ।
पेसी सूचीको दोस्रो नम्बरमा कर्तव्य ज्यान मुद्दा रहेको थियो । खड्ग बहादुर गुरुङको जाहेरीले नेपाल सरकारलाई विपक्षी बनाउँदै अमर श्रेष्ठले दायर गरेको रिटमा दुवै पक्षबाट निवेदन दिएर स्थगित गरिएको छ ।
तेस्रो नम्बरको पेसी लिलाम मुचुल्का तथा लिखत बदरसँग सम्बन्धित थियो । जसमा साबिक नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्स लिमिटेड हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विरुद्ध जमुना श्रेष्ठको मु.स. गर्ने दिनेशमान वैद्यलाई विपक्ष बनाइएको थियो ।
यो मुद्दा रिट निवेदक पक्षबाट स्थगित गराइयो । चौथो नम्बरको पेसी सूचीमा रहेको साल्ट ट्रेडिङ कर्पोरेशन लिको मुद्दा पनि स्थगित गराइएको छ ।
पाँच नम्बरको पेसीमा रहेको भ्रष्टाचारसँग सम्बन्धित मुद्दा हेर्न नमिल्ने सूचीमा र ६ र ७ नम्बरको मुद्दाको पेसी पनि स्थगित गराइएपछि पूर्ण इजलास बसेपनि कुनै पनि मुद्दामा सुनुवाइ हुन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण