एमालेले दियो २७७ जना नेतालाई जिल्लाको चुनावी अभियानको संयोजन गर्ने जिम्मेवारी, कहाँ को ?
सारांश
- नेकपा एमालेले २७७ जना नेतालाई चुनावी अभियानको संयोजनको जिम्मेवारी दिएको छ।
- पार्टीको केन्द्रीय सचिवालय बैठकको निर्णय अनुसार नेताहरूको जिम्मेवारी तोकिएको हो।
- विभिन्न जिल्लाका लागि संयोजक तोकिएका छन्, जसमा ताप्लेजुङमा तिलकुमार मेन्याङ्बो लिम्बु छन्।
काठमाडौँ । नेकपा एमालेले २७७ जना नेतालाई जिल्लाको चुनावी अभियानको संयोजन गर्ने जिम्मेवारी दिएको छ । एमालेको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठककको निर्णयअनुसार मातहतका कमिटीलाई सर्कुलर पठाएर नेताहरुको जिम्मेवारी तोकेको हो ।
जसअनुसार ताप्लेजुङ संयोजकमा तिलकुमार मेन्याङ्बो लिम्बु रहेका छन् भने सदस्यमा क्षितिज थेवे रहेका छन् । यस्तै झापा संयोजकमा रोमनाथ ओली र सदस्य अग्नि खरेललगायतका नेताहरु रहेका छन् ।
यस्तै दोलखा संयोजकमा पार्वत गुरुङ, नुवाकोट संयोजकमा केशवराज पाण्डे, काठमाडौँ संयोजकमा रामेश्वर फुँयाल रहेका छन् ।
प्रतिनिधिसभा पुनर्स्थापना नै प्रतिगमनबाट मुलुकलाई लोकतन्त्रको बाटोमा फर्काउने सबैभन्दा उपयुक्त र सुरक्षित बाटो हो भन्ने मान्यतामा पार्टी दृढ रहेको एमालेको भनाइ छ ।
तर, जुनसुकै अवस्थामा निर्वाचन गरिछोड्ने भन्ने सरकार र निर्वाचन आयोगको तयारी तथा अन्य दलहरू समेत निर्वाचनको पक्षमा देखिएको अवस्थामा निर्वाचनबाट अलग बस्ने कुरा उचित नहुने भन्ने मान्यताका आधारमा केन्द्रीय सचिवालयको बैठकले निर्वाचनलाई समेत आन्दोलनकारी ढङ्गले अघि बढाउने निर्णय गरेको एमालेको भनाइ छ ।
सोहीअनुसारमा पार्टीले जिल्लाको चुनावी अभियान तथा पार्टी कामको संयोजनको जिम्मेवारी तोकेको एमालेको भनाइ छ ।
सबै नेताहरुको जिम्मेवारी हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण