विशेष महाधिवेशनको काउन्टरमा युवा भेला गर्ने तरुण दलको निर्णय
काठमाडौँ । नेपाल तरुण दल केन्द्रीय समिति बैठकले पुस २७ गते नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपा प्राङ्गणमा युवा भेला राख्ने निर्णय गरेको छ ।
बिहीबार बसेको दलको आकस्मिक बैठकले नेपाल तरुण दल ,नेपाल महिला सङ्घ ,नेपाल विद्यार्थी सङ्घ सहित शुभेच्छुक संस्थाहरूको संयुक्त आयोजनामा युवा भेला राख्ने निर्णय गरेको हो ।
पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गरिएको हो। बिहीबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलपछि तरुण दलले केन्द्रीय कार्यसमिति बैठक बोलाएर यस्तो निर्णय गरेको हो। कार्यक्रमको संयोजन तरुण दलले गर्नेछ ।
बैठकले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति र कार्यसम्पादन समितिको बैठकले पारित गरेको २०८३ साल वैशाख २८,२९,३०,३१ सम्पन्न हुने १५ औँ महाधिवेशन र फाल्गुन २१ को आम चुनावलाई सफल बनाउन निर्णय पनि गरेको छ ।
युवा भेलामा तरुण दल केन्द्रीय समिति सदस्य एवं जिल्ला कार्यसमितिमा रहेकाहरूलाई अनिवार्य उपस्थिति हुनुपर्ने निर्णय पनि बैठकले गरेको तरुण दलका मुख्य सचिव ठान प्रसाद पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण