नेपाल–भारत सीमा जिल्ला समन्वय बैठक
कैलाली । कैलालीको गोदावरीमा आज नेपाल–भारत सीमावर्ती जिल्लाका स्थानीय प्रशासन प्रमुखको सीमा समन्वय बैठक बसेको छ ।
बैठकमा आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनसमेतलाई मध्यनजर गरी खुला सीमाका कारण हुनसक्ने सीमा अपराध रोकथामका साथै शान्तिसुरक्षा र स्थानीयस्तरका द्विपक्षीय समस्याका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले सीमाका सबै किसिमका समस्याकाबारेमा छलफल भएको बताए । दुई देशको खुल सिमानाका कारण हुनसक्ने सीमा अपराध र शान्ति सुरक्षाको चुनौती र स्थानीयस्तरमा समस्याको छलफल र समाधानउन्मुख निष्कर्षका लागि नेपाल–भारत सीमावर्ती जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षा निकायका प्रमुखको उपस्थितिमा समन्वयात्मक बैठक हुँदै आएको छ ।
आजको बैठकमा नेपालका तर्फबाट कैलालीका प्रमुख जिल्ला अधिकारी रेग्मी र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी मदन कोइरालाको नेतृत्वमा दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । भारतको तर्फबाट उत्तरप्रदेश, लखिमपुर (खिरी)का जिल्ला अधिकारी दुर्गाशक्ति नागपालसहितका सुरक्षा अधिकारी उपस्थित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण