दार्चुलाका आठ स्थानीय तहका आफ्नै प्रशासकीय भवन
दार्चुला । जिल्लाका आठ स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका छन् । सदरमुकाम खलङ्गामा रहेको महाकाली नगरपालिकाबाहेक अन्य सबै स्थानीय तहले आफ्नै प्रशासकीय भवन निर्माण गरेका हुन् ।
आफ्नै प्रशासकीय भवन निर्माण गर्ने स्थानीय तहमा अपिहिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका, व्यास गाउँपालिका, दुहुँ गाउँपालिका, लेकम गाउँपालिका र शैल्यशिखर नगरपालिका रहेका छन् । मालिकार्जुन गाउँपालिकाको प्रशासकीय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
मालिकार्जुनका अध्यक्ष हिरासिंह धाँमीका अनुसार भवन निर्माणको सबै काम सम्पन्न भइसकेको छ । एक महिनाभित्र नयाँ प्रशासकीय भवनबाट कार्यालय सञ्चालन गर्नेगरी तयारी भइरहेको छ ।
“यसअघि २०७४ देखि २०७९ सम्म भाडाका भवनमा पालिका सञ्चालन हुँदै आएको थियो”, अध्यक्ष धाँमीले भने, “हामी निर्वाचित भइसकेपछि सरकारी भवन प्रयोग गर्यौँ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण