रुसले युक्रेनमाथि प्रहार गर्यो हाइपरसोनिक मिसाइल
शुक्रबार, २५ पुस २०८२, १६ : १२
काठमाडौँ । रुसले युक्रेनमाथि हाइपरसोनिक मिसाइल प्रहार गरेको छ ।
बिहीबार राति रुसले ओरेशन्कि मिसाइल प्रयोग गरेको छ । तापमान जम्ने स्तरमा झरेकै समयमा रुसले स्थितिलाई अरू भयावह बनाउँदै एक पछि अर्को गर्दै युक्रेनमाथि उन्नत हतियारले हमला गरिरहेको छ ।
प्रहारको अनुमति दिइएको एक वर्षभन्दा बढी समयमा रुसले मध्यम दूरीको ओरेशन्कि मिसाइल प्रहार गरेको हो । मिसाइल कुन ठाउँमा लाग्यो भनेर रुसले केही बताएको छैन ।
तर पश्चिम युक्रेनको लभिभ सहरमा रहेको संवेदनशील पूर्वाधार केन्द्रमा कयौँ विस्फोट सुनिएको बताइएको छ ।
यो मिसाइल प्रतिघण्टा १३ हजार किमिको गतिमा अगाडि सरिरहेको युक्रेन हवाई सैन्य बलका एक कमान्डरले भनेका थिए । यो गति आवाजको गतिको तुलनामा १० गुणा धेरै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ फाइबर–अप्टिक ड्रोनमार्फत युक्रेनका विद्युत् सबस्टेशनमा रुसी आक्रमण
-
गणेश नेपालीकाे मृत्यु प्रकरणमा बाेले गृहमन्त्री
-
विराटनगर महानगरपालिकाको पुँजीगत खर्च निराशाजनक, आन्तरिक आम्दानी पनि लक्ष्यभन्दा निकै कम
-
नयाँ जलस्रोत विधेयक र तालिका निर्धारण नीतिको व्यवस्थाले ऊर्जा उद्यमी असन्तुष्ट, लगानीमा ब्रेक लाग्ने चिन्ता
-
डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको तयारी
-
नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई ढकालको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण