पेट्रोले भने– अमेरिकी सैन्य कारबाहीको वास्तविक खतरा देखिन थाल्यो
शुक्रबार, २५ पुस २०८२, १६ : २२
काठमाडौँ । कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकी सैन्य कारबाहीको वास्तविक खतरा देखिन थालेको बताएका छन् ।
उनले बीबीसी न्यूजसँगको कुराकानीमा यस्तो बताएका हुन् । अमेरिकाले अन्य देशहरूलाई अमेरिकी साम्राज्यको हिस्साको रूपमा व्यवहार गरिरहेको उनले बताए । भेनेजुएलाविरुद्ध अमेरिकी सैन्य कारबाहीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियामाथि सैन्य कारबाही गर्ने धम्की दिएका थिए ।
विश्वमा हाबी भएर अमेरिकाले बाँकी विश्वबाटै एक्लिने जोखिम उठाइरहेको पेट्रोको भनाइ थियो । अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले ‘नाजी ब्रिगेड’जस्तै काम गरेको आरोप पनि उनले लगाए ।
‘ट्रम्पले आईसीईको कारबाहीलाई उल्लेखनीय रूपमा विस्तार गरेका छन्, जसलाई उनको प्रशासनले अमेरिकामा अपराध र अवैध आप्रवासीहरूमाथिको कारबाही भनिरहेका छन्,’ पेट्रोले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण